बारामा आगलगी हुँदा छवटा घर–गोठ जलेर नष्ट

[sharethis-inline-buttons]
आज्ञा खबर

सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

रामप्रित हाजराको घरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए ।

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्ण रूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि  प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । (रासस)

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...