ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ट्याक्टर दुर्घटना भएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ का २९ वर्षीय विष्णु बहादुर फुयाल रहेका छन।
फुयालले चलाएको ज १ च ३४३७ ट्याक्टर बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एभरेष्ट पेपर मिल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।