मिथिलाञ्चलसहित देशभरी आज बसन्ती छठ मनाईंदै

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
मिथिलाञ्चलसहित देशभरी आज बसन्ती छठ मनाईंदै छ ।
चार दिन सम्म चल्ने पर्व छठमा पहिलो दिन वर्तालुहरुले नुहाउनेखाने, दोस्रो दिन खरना (भरदिन उपवास गरेर साँझखीर तथा फलफुल खाने), तेस्रो दिन उपवास सँगै साँझको अघ्र्य र चौथो दिन विहान सूर्यलाई अघर्य दिदैं पारण हुन्छ । हिन्दुधर्ममा छठलाई कठोर पर्वको रुपमा लिईएको छ । चैतको शुक्ल पक्षको षष्ठी तिथिका दिन शुरु हुने चैती छठमा पनि कार्तिकको छठ जस्तै पूजाअर्चना हुने गर्दछ । भने सूर्य देवतालाई पूजा गरिने छठ पर्व जलाशयमा मात्र हुन्छ ।

पोखरी, तलाव र नदीको घटमा गई हिन्दुधर्मालम्वीहरुले मनाउने छठको अघ्र्यमा फलफुल मध्ये केरा, नरिवल, निम्बु, भान्टा, मुला र अदुवाको ठुलो महत्व हुन्छ । यस्तै, गहुँको पीठोबाट बनाईएको मिष्ठान ठकुवा, चामलको पीठोबाट बनाईएको मिष्ठान परिकारभुसुवालाई महत्वपुणर् अर्घ्यको रुपमा सूर्यलाई चढाउने गरिन्छ ।

छठको घटमा पूजा हुने वेला माटोकोकुरुवार(घैटो) र माटोको हाति पनि राख्ने परम्परा छ, यस्तै बाँसको नांग्लो र ढाकीको पनि महत्व हुन्छ ।

आज चैती छठको अवसरमा महोत्तरीको औरही,गौशाला, जलेश्वर, रामगोपालपुर सहित धनुषाको जनकपुरको विभिन्नपोखरीहरुलाई सिंगारिएको छ । खासगरी जनकपुरको एतिहासिक गंगासागरमा छठको रौनकदेखिएको छ ।