धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत को मिथिला नगरपालिकाका ३ मा आज बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ६७७८ नम्बरको ट्रक र प्रदेश १.०–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

ना ६ ख ६७७८नम्बरको ट्रक चालक सुनसरी ईनर्वाका २८ वर्षीय सागर चौधरी, सह–चालक सुनसरी भरौल ६ का ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १ ०२–००१ ख ९२९२ का चालक सर्लाही बागमती ११ का २० वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा प्रदेश १ ०२–००१ ख ९२९२ का सह–चालक मोरङ बेलवारी ८ का ४४ वर्षीय लोकमान थापा घाइते भएको
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनकारी दिए ।
दुर्घटनामा घाइते थापालाई उपचारका लागि ढल्केवर हस्पिटल पठाएको र दुर्घटना भएको दुबै ट्रक क्षतिग्रस्त बनेको बताईएको छ।