चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा दोहोेर्याएर मतगणना हुँदा अखिल क्रान्तिकारीका दाहाल विजयी

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा दोहोेर्याएर मतगणना हुँदा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल विजयी भएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सभापतिका उम्मेदवार द्वय अखिलका दाहाल र अनेरास्ववियुका सन्दिप थापाले आइतबार राति मतगणना गर्दा बराबर अर्थात् ३५० मत ल्याएपछि सोमबार दिउँसो पुनः मतगणना गरिएको थियो । दोहोर्याएर मतगणना गर्दा अखिलका दाहाल एक मत बढी ल्याइ विजयी भएका हुन् ।

दाहालले ३५० मत ल्याए भने अनेरास्ववियुका थापाले ३४९ मत प्राप्त गरे ।
चतुर्भूजेश्वरमा कूल ७११ विद्यार्थीमध्ये प्रत्यक्षतर्फ ६९९ जनाले मतदान गरेका थिए । त्यसमध्ये १२ मत बदर भएको बताईएको छ ।