आज्ञा खबर
सप्तरी
सप्तरीको खडक नगरपालिका ८ भदिया स्थित बिसनपुर बोदेबर्साईन सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साईकल यात्री वडा नं. ८ खेस्राहा बस्ने ५५ वर्षीय मो. ईब्राहिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आइतबार साझ १० प ३५२४ नम्बरको मोटरसाइकलले साईकललाई पछाडीबाट ठक्कर दिएको थियो
ठक्कर दिँदा घाइते भएका मियाँको उपचारका लागि बिराटनगर तर्फ पठाइएकोमा राति करिब पौने १० बजे बाटोमै मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस्तै, मोटरसाइकल चालक सोही नगरपालिका ७ कल्याणपुर बस्ने १९ वर्षीय अफ्रोज मियाँ र पछाडि सवार २० वर्षीय मो. सनाबुलको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।





































