चैतमा वडाध्यक्षले बाडे सिरक

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा

धनुषाको नगराइन नगरपालिका वडा नं.७ का वडाध्यक्ष सूर्यनारायण साहले चैत महिनामा उनको वडा्का ज्येष्ठ नागरिकलाई सिरक बाँडेका छन् ।
शितलहरको बेला जसोतसो जीवनयापन गरेका विपन्न ज्येष्ठ नागरिकहरूलाई गर्मी याममा सिरक बाँडिएपछि सामाजिक सञ्जालमा वडाध्यक्ष साह भाईरल भएका हुँन।
नगरपालिकाभित्र जनप्रतिनिधिहरुबीच रहेको विवादले गर्दा नगर सभा ढिला भएको कारण सिरक चैत्रमा बाँडिएको वडाध्यक्ष साहले बताए । उनले माघ १८ गते नगर सभा भएपछि १५ दिन पश्चात् प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी पाए । तत्पश्चात् कोटेसन प्रक्रियामा जाँदा जाँदै ज्येष्ठ नागरिकलाई सिरक बाँड्न ढिलाइ भएको उनले बताए ।

उनले भने,–‘जाडो कुनै एक पटक आएर जाने नभई हरेक बर्ष आउने भएकाले सिरक बाँड्न छुट्ट्याएको बजेट फ्रिज हुनबाट बचाउन र आफ्नो वडावासीले सुविधा समेत पाओस् भन्ने उद्देश्यले चैतमै भए पनि सिरक बाँडेको छु ।’ उनले भने

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...