हल्का वर्षा,पछी किसानलाई केही राहत

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीमा ७ महिनापछि आज (शुक्रबार) बिहानपख हल्का वर्षा भएको छ ।

मौसम बदली भई बिहान ३ बजेपछि जिल्लाभर नै सामान्य पानी परेको हो । यो पानीले किसानलाई केही राहत मिलेको छ । तर बाँझो रहेका खेतबारी खनजोत गरेर मकै नै छर्ने गरी भने पर्याप्त वर्षा हुन नसकेको किसानले बताएका छन् ।

आजको पानीले धुलो, धुँवा नियन्त्रण गर्न ठूलो मद्धत पुगेको छ । यस्तै, पानी परेपछि वन जंगलमा लागेको डढेलो पनि तत्कालका लागि निभेको बताईएको छ ।

जिल्लामा हिजो र अस्ती दिनभर मौसम धाम्मधुम्म भई आज बिहानपख भने हल्का वर्षा भएको हो । आज पनि जिल्लाको मौसम कतै धुम्मिनै रहेको छ कतै मौषममा सुधार आएको देखिएको छ ।
महोत्तरीका किसान पर्याप्त वर्षाको प्रतिक्षामा छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...