आगलागीबाट महोत्तरीमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीमा आगलागीबाट घाइते भएकी बलवा नगरपालिका–४ परौल टोलकी ५० वर्षीया चन्दर देविको बुधबार दिउँसो १२ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
गत शनिबार दिउँसो साढे २ बजे परौल टोल बस्ने रामसागर यादवको एक तले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।
भान्सामा रहेको चुल्होबाट सल्किएर अचानक आगलागी भएको थियो। आगलागी हुँदा घरमा अन्दाजी ८० हजार रुपैयाँ बराबरको क्षति भएको थियो।
आगलागीमा परी ५२ वर्षीय जयकरण यादव र चन्दर देवी घाइते भएका थिए। यादवको अवस्था मध्यम थियो। उनलाई प्रादेशिक अस्पताल जनकपुरबाट काठमाडौं लगिएको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...