क्वाटरमा प्रमुख प्रशासकीय अधिकृतलाई थुनेर चालक फरार

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा( देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फरार भएका छन् । कलैया उपमहानगरपालिका–४ स्थित रहेको क्वाटरभित्र सपरिवार बस्दै आउनुभएका उहाँलाई मङ्गलवार बिहान ८ बजे ढोका खोल्दा बाहिरबाट ताला लगाइएको थियो । उक्त ताला लगाएको बारे छिमेकीलाई जानकारी गराउँदा क्वाटरको मूल ढोका र भित्री फ्ल्याटमा समेत अलगअलग दुई वटा ताल्चा लगाइएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिनुभयो ।

यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराई आफू नजिक रहेका कर्मचारीसँग सोधपुछ गर्दा आफूले चढ्ने पालिकाको चालक महेन्द्र सहनीले ढोकामा ताल्चा लगाएको स्वीकार गरेको उहाँले बताउनुभयो । किन आफ्नै ड्राइभरले ताला लगाएको भन्ने विस्तृत जानकारी नआएको र यस बारे बुझ्ने र दोषीलाई कारबाही गर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।