पोखरीमा डुबेर एक बालकको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर

सप्तरी: सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ  । शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिककुमार मण्डलको पोखरीमा मुत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा मुत्यु भएको हो ।