आज्ञा खबर
काठमांडौ
दुई कार्यकाल राष्ट्रपतिमा सरकारी निवासमा बिताएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बूढानिलकण्ठस्थित नीजि निवासमा सर्ने भएकी छिन उनि ७ वर्षपछि आफ्नी नीजि निवास सर्न लागेकी हुन्।
नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतल निवासबाट बाहिरिने भण्डारीको तयारी छ। २०७४ साल फागुन २९ गते भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन। उनको पाँच वर्षीय कार्यकाल हिजो पूरा भएको छ।
राष्ट्रपति भण्डारीले आइतबार कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतलनिवासमा राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेट गरेकी थिइन्।