माओवादी केन्द्र मधेस प्रदेश समन्वय समितिकोे बैठकले एक महिने संगठन सुद्धिढीकरण अभियान सञ्चालन गर्ने

आज्ञा खबर
काठमांडौ
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन दिनदेखि जारी मधेस प्रदेश समन्वय समितिकोे बैठकले एक महिने संगठन सुद्धिढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
अभियानको क्रममा पाटीले मधेश प्रदेशका सम्पुर्ण स्थानीय तह त्यस अन्तर्गतका वडाको बैठक सम्पन्न गर्ने, निणय गरेको छ।

मओबादीले बैठकमा सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने, आम नागरिकका जनचासोको विषयमा छलफल गर्ने ,महङ्गी, भ्रष्टाचार, मिटरब्याजी, लघुवित्त, सहकारी लगायतका चर्को ब्याज, चुरे संरक्षण लगायतको बिषयमा जागरण, अन्तरक्रिया, छलफल बहस एवम् दवावमुलक कार्यक्रमहरु सञ्चालन गर्नेे निर्णय गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए ।

अभियान केन्द्रीय प्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने बताइएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको बैठकमा पार्टीका केन्द्रिय पदाधिकारी एवम् सदस्यहरूको उपस्थित रहेको थियो ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...