राष्ट्रपति भएपछि रामचन्द्र पौडेलले गरे कांग्रेस परीत्याग

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस पार्टी परीत्याग गरेका छन्। कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका छन्।
राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था संबिधानमा छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे गर्ने तयारी छ।

पौडेल गत मंसिर ४ को चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति भएपछि यो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पनि रिक्त भएको छ। यहाँ छ महिनाभित्र उपचुनाव हुनेछ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...