आज्ञा खबर
धनुषा
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसर सिर्सियामा भइरहेको नौ कुण्डीय अखण्ड धनवर्षा लक्ष्मीनारायण विष्णु महायज्ञ स्थलमा भारत जालन्धरका ४५ वर्षीय पहलवान मोहमद अलीले आफ्नो शरीरमाथि ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन गरेका छन । साहसिक खेल देखाउने क्रममा अलीले स्वराज कम्पनीको चार हर्स पावरको ट्याक्टरको चक्का आफ्नो शरीरमाथि चढाएर त्यसअघि ट्याक्टरको वेगलाई धकेर रोकेका थिए ।
विगत २८ वर्षदेखिसाहसिक खेल प्रदर्शन गर्दै आएका अलीले नेपाल र भारतको विभिन्न स्थानमा आयोजना हुने मेला उत्सवमा यो खेल प्रदर्शन गर्दै आएको बताए।
मेला उत्सवमा यसरी आफ्नो साहसिक खेल प्रदर्शन गरेपछि उनलाई सम्मान गरिएको छ।
