आज्ञा खबर
धनुषा:ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएकामध्ये थप एक जना अभियुक्त पक्राउ परेको छ ।
पक्राउ पर्नेमा हातहतियार खरखजाना मुद्दाको अभियुक्त वर्ष ३६ को शंकर सिंह महतो रहेका छन । सिंहलाई मधेश प्रदेश प्रहरी कार्यालय
जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका संयुक्त प्रहरी टोलिले व्यापक सर्च अपरेशन गर्ने क्रममा २०७९र११र२७ गते २०ः०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं। १६ ईनर्वा स्थित भन्सार हुँदै लुकीछिपि नेपालबाट भारत तर्फ भाग्ने क्रममा फेला पारी नियन्त्रणमा लिईएको हो ।२०७९र१०र१६ गते बिहान ३ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काई ६ जना थुनुवाहरू फरार भएका थिए । फरारमध्ये ४ जनालाई प्रहरीले पक्राउ गरि जेल चलान गरिसकेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय रोसन यादव भने अझै फरार रेहेका छन भने उनको खोजी भईरहेको धनुषा प्रहरीले जनाएको छ ।