बिरुवा नष्ट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

[sharethis-inline-buttons]

आज्ञाखबर
बारा
वन अतिक्रमित जग्गामा रोपिएको बिरुवा काटेर, उखेलेर नष्ट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा कोल्हवी नगरपालिका वडा नम्बर–५ बलुवा बोधवन टोलका वडा अध्यक्ष नन्दकिशोरप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
वनको अतिक्रमित जग्गामा रोपिएको साढे आठ हजार विभिन्न प्रजातिका बिरुवा नष्ट गरेको आशंकामा वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय बारा, सिमराका प्रहरी गस्ती टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको छ। क्षेत्रफलमा आठ हजार ५ सय ५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।
होलीकै दिन तारवार काँटेर सम्पूर्ण बवरुवा नष्ट गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले जानकारी दिनुभयो। रोपिएको साढे आठ हजार विरुवा वडाध्यक्षले नष्ट गरेको सूचना आएपछि शनिबार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहितको सुरक्षा प्रमुखको टोली घटनास्थलमा पुगेर निरीक्षण गरेको छ।

घटना स्थलमा प्रजिअ सहितको टोलीले सोधपुछ गरी पक्राउ गरेर अनुसन्धानको कार्य सुरु गरिएको डिभिजन प्रमुख सिंहले जानकारी दिनुभयो।