आज्ञा खबर
सप्तरी
सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका ५० वर्षीय श्याम मण्डल छन् ।
बुधबार राति १० बजेको समयमा राजबिराज नगरपालिका ११ पम्प नहर स्थित भित्रि सडक खण्डमा मण्डल आफै चलाउँदै गरेको स ४ प ३२७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा राति पौने १२ बजे मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको सिंहले बताए।