महेन्द्रनगरको एक फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित सखुवा रोडमा एक फर्निचर उद्योगमा गएराति आगलागी हुदा अन्दाजी ५५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय महेश शर्माले संचालन गर्दै आएको सखुवा रोडमा रहेको न्यू कृष्णा फर्निचर उद्योग तथा शो रुममा भएको आगलागीबाट फर्निचर उद्योग रहेको घर, तयारी अवस्थामा रहेको शोफा, फर्निचरका सरसमान, प्लाई पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

थानीयहरुका अनुसार बुधवार राति सवा ९ बजेको समयमा फर्निचरमा अचानक आगो लागेको थियो ।
ढल्केवरबाट गएको वारुण यन्त्र, श्रीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।आगलागीको कारण भन्ने खुल्ल नसकेको र आगलागी घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...