राष्ट्रपति निर्वाचनका लागि तयारी पूरा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
बिहिवार हुँने राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।
निर्वाचनका लागि प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको छ।
मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।
निर्वाचनमा संघ र प्रदेशका सांसदहरूको छुट्टाछुट्टै लाइनको ब्यवस्था मिलाईएको छ। मतदान बिहान १० बजेदेखि ३ बजेसम्म हुने बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...