आज्ञा खबर
सर्लाही
सर्लाहीमा बाख्रा गोठालो गएका एक पुरुष जंगलमा मृत फेला परेका छन्।
ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी ५५ वर्षीय चुलाइ महतो मृत फेला परेका हुँन।
सोमबार बाख्रा चराउन गएका महतो मंगलबार दिउँसो सागरनाथ वन विकास परियोजनाको जंगलमा मृत फेला परेका हुन्।
सोमवार साँझ अबेरसम्म पनि घर नफर्केपछि प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा मंगलबार दिउँसो शंकास्पद अवस्थामा महतोको शव स्थानीय सागरनाथ जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए।
उनको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेको अवस्थामा शव भेटिएको हो। उनको हत्या भएको प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
