अस्पतालमा बिरामीको चाप बढ्दो

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाही: । सर्लाहीमा केही दिनदेखि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तन भई गर्मी बढ्दै जाँदा जिल्लाभरका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको हो ।

प्रादेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवलकिशोर झाले रुघा लाग्ने, टाउको र घाँटी दुख्ने तथा ज्वरोका बिरामी बढेको बताउनुभयो । यस्ता लक्षण भएका बिरामीले चिकित्सकको सल्लाहमा औषधोपचार गराए केही दिनमै निको हुने भएकाले नआत्तिन डा. झाको आग्रह छ ।

उहाँले रोग प्रतिरोधी क्षमता कमजोर भएकालाई यो बेला सङ्क्रमणले सताउने भएकाले विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ । यो याममा धुलो, धुवाँका कारण पनि स्वास्थ्य समस्या धेरै देखिने गरेको चिकित्सकको भनाइ छ ।

धुलो, धुवाँको सङ्क्रमणबाट जोगिन बाहिर हिँड्दा गुणस्तरीय मास्क लगाउन र सकेसम्म धुलाम्मे सडकको प्रयोग नगर्न डा. झाको सुझाव छ । सर्लाहीका अधिकांश सडकमा अत्यधिक धुलाम्मे छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...