तराईवासी होलीमा रमाउँदै

[sharethis-inline-buttons]

आज्ञा खबर

Holi 2022: Photos capture the festival of color | CNN

पर्सा : तराई मधेसमा रंगहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै छ । सोमबार यहाँका पहाडी समुदायले होली पर्व मनाएका थिए । मंगलबार पहाडी र मधेसीलगायत सबै समुदायले एक अर्कालाई रंग दलेर, शुभकामना आदानप्रदान गरी यो पर्व मनाइरहेका छन् ।

वीरगन्जको आदर्शनगरमा मंगलबार आयोजित होली हंगामा कार्यक्रममा रमाउँदै वीरगन्जका युवा । तस्बिर : शंकर आचार्य / कान्तिपुर

मंगलबार अधिकांश तराईवासीले मासु माछा र मदिरा सेवन नगर्ने भएकाले बुधबार पनि होली खेल्ने योजना बनाएका छन् । वीरगन्जको आदर्शनगर क्षेत्रका मारवाडी समुदायले भने मंगलबार नै होली पर्व मनाएका छन् । मंगलबार बिहान ५ बजे सम्बत जलाएपछि मंगलबार नै होली खेलिएको आदर्शनगरका जयप्रकाश खेतानले बताए ।

मारवाडी समुदायले डफुली बजाएर सामूहिकरुपमा परम्परागत होली गीत गाउने, एक अर्काको घरमा गएर होलीको रंग र शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको उनले बताए ।

मंगलबार विभिन्न संघसंस्थाले वीरगन्जका छुट्टाछुट्टै स्थानमा होली विशेष कार्यक्रम आयोजना गरेका छन् । नेपाली, भोजपुरी, हिन्दी लगायतका भाषाका गीत, संगीत तथा नृत्य सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएका थिए । यस वर्ष ३ दिन होली पर्व मान्ने संयोग परेको छ । जिल्लाको ग्रामीण भेगमा पनि मंगलबार होली खेल्न सुरु गरिएको छ । बुधबार झनै भव्य होली खेल्ने योजना ग्रामीण भेगका बासिन्दाको रहेको हरपतगंजका दामोदर यादवले बताए ।

होली पर्व मान्न रोजगारी तथा शिक्षादीक्षाका लागि सहर तथा भारतमा रहेकाहरु पनि घर फर्किएका छन् । होली पर्वको कारण केही दिनदेखि सुस्त रहेको वीरगन्जको बजारमा चहलपहल बढेको छ । किनमेल गर्नेहरुको बजारमा भीडभाड रहेकाले सुस्त रहेको बजार केही चलायमान बन्न पुगेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । ‘चाड पर्वले सुस्त रहेको बजारलाई चलायमान बनाउने हो,’ उनले भने, ‘यस वर्ष पनि होली पर्वले त्यस्तै माहोल बनाएको छ ।’

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...