आज्ञा खबर
सप्तरी
सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बलान बिहुल गाउँपालिका ४ वेल्हीका ५५ वर्षीय विशो मण्डल रहेका छन् ।
हुलाकी सडक खण्ड अन्र्तगत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किदा दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए।
दुर्घटना पछी गम्भीर भएका मण्डललाई उपचारका लागि बोदेबर्साइनस्थित जीवन ज्योति अस्पतालमा उपचारको लागि लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा पछाडी सबार सोही ठाउँका राम लोचन शर्माको १८ वर्षीय छोरा कमलेश कुमार शर्मा घाइते भएका छन् । उनको जीवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरीमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





































