शरत सिंह भण्डारी लोसपाबाट सरकारमा जाने

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
लोकतान्त्रिक समाजवादी पार्टी ,लोसपाले वरिष्ठ नेता शरत सिंह भण्डारीको नेतृत्वमा सरकारमा जाने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नेकपा एमाले, राप्रपा र रास्वपा बाहिरिएपछि गठबन्धनमा आवद्ध दलहरुलाई सरकारमा ल्याउने तयारी थालिएको छ ।

लोसपाका एक नेताका अनुसार सरकारमा जाने कुरा राष्ट्रपतिको निर्वाचनपछि हुने तर, लोसपाको नेतृत्व भने भण्डारीले नै गर्नेछन् । नेकपा एमाले गठबन्धनमा आएर प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनमा कुरा नमिलेपछि संसदीय निर्वाचनमा गठबन्धन बनाएका दलहरुसंग नै फेरि गठबन्धनमा पुगेका छन् । पुरानै गठबन्धनमा गएपछि नेकपा एमाले लगायत तीनै दलले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारबाट बाहिरिएका थिए ।

लोसपालाई उर्जा मन्त्रालय दिने सरकारको तयारी छ । भण्डारी मधेश प्रदेशको महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित संघीय सांसद हुन् । उनी पटक पटक महोत्तरी २ बाट विजयी हुँदै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षा मन्त्रीमा विवादित भएपछि उनी फेरि मन्त्री बन्न सकेका थिएन् । तर, यस पटक भने उनी मन्त्री बन्ने सम्भावना प्रवल देखिएको छ ।