आज्ञा खबर
धनुषा
धनुषामा शनिबार राती करिब साढे ८ बजे मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ सपहि स्थित महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ज १० प ६४२९ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ज १ प ४५५२ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ६० वर्षीय सत्य साह र पछाडी सवार ४५ वर्षीय राम एकवाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन् । फरार ट्याक्टर चालकको पहिचान भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।





































