दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु ३ जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा

धनुषामा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सबैला नगरपालिका अमरखाना बस्ने चन्देश्वर यादवका २३ वर्षीय छोरा अजय कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
सबैला नगरपालिका–९ कुशमाहा सतोषर र गेरुवाहिको बीचमा रहेको परिक्रमा सडकखण्डमा विपरित दिशाबाट आइरहेको एउटा मोटरसाइलले अर्को मोटरसाइकललाई ठक्कर दिंदा भएको सो दुर्घटनामा मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको त्रताईएको छ।
दुर्घटनामा परी एकजनाको खुट्टा पूणर्रुपमा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार साँझ भएको उक्त दुर्घटनामा सबैला नगरपालिका–७ चौरियामटहि बस्ने जितु ठाकुर बरहि र सोहि नगरपालिका वडा नम्बर–५ मखनाहा बस्ने २२ वर्षीय सुरज मण्डलको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सबैला नगरपालिका–१० बस्ने २५ वर्षीय मनोज यादव र २४ वर्षीय रविन्द्र मण्डलको अवस्था भने सामान्य रहेको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...