बर्दिवास खानेपानी निर्वाचनकालागी निरज अधिकारी प्यानललको प्रतिबद्धतापत्र सार्बजनिक

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित बर्दिवास साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाको आगामी फागुण १४ गत्ते हुन गईरहेको निर्वाचनकालागी अध्क्षय पदका चार उमेदवारको प्यानल सहित एक अध्क्षय पदमा मात्र प्रतिस्पर्धामा उत्रिएका छन।

चुनाबमा चुडमणी पोखरेल, निरज अधिकारी ,भुलन बहादुर सेन ठकुरी र देबनारायण महतो प्यानल सहित चुनाबी प्रतिस्पर्धामा उत्रिएका छन भने भोजराज भटराई बिना प्यानल अध्क्षय पदमा मत्र चुनाबी प्रतिस्पर्धामा छन ।

चार प्यानल र एक एकल उमेदवार मध्ये चुडमणी प्यानलले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ भने
निरज अधिकारीको प्यानलले बर्दिवासमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरेको छ। अधिकारी प्यानललको प्रतिबद्धता पत्रमा सो पक्षले चुनाब जितेमा कार्यालय ब्यवस्थापन कर्मचारी सञ्चालन कार्यबिधि निर्वाचन प्रणाली लागु गर्दे हाल रहेको खानेपानी तथा सरसफाई कार्यालयलाई सुदृढिकरण गरीने बताएईको छ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सुरुवाती समयदेखी आर्थिक प्रतिवेदनलाई पुनह एक पटक लेखापरीक्षण गराई भएका बेथिती पत्ता लगाएर सार्वजनिकिकरण तथा समाधान गर्ने उल्लेख गरीएको छ ।

उपभोक्ता संग बाँकि रहेका महसुलको रकम कानुनी परीधिमा रहेर असुल गराई बार्षिक कार्ययोजना तर्जुमागरी बजेट निर्धारण गरी संस्थामा आवश्यक पर्ने सामाग्री उपकरणहरु टेन्डर प्रकृयावाट सार्वजनिक खरीद ऐन नियमावली कार्यन्वयन गरीने जनाएको छ।

बर्दिवासको बढदो शहरीकरणलाई मध्यनजर गर्दे हाल रहेको अब्यवस्थित पाईपलाईनलाई बैज्ञानिक ढंगले ब्यवस्थित गरी नाप नक्सा सहितको अभिलेख राख्ने तथा कार्य समिती ,बिज्ञाहरुको सल्लाहकार समिती गठनगरी हरेक महिनाको प्रगती बिवरण संस्थाको आधिकारीक फेसबुकको पेजबाट सार्वपनिक गर्ने गरी काम गर्ने योजना छ।

संस्थाको हरेक बर्ष साधारणसभागरी आयश्रोत नै नभएका लक्षित बर्ग,परीवारहरुलाई वडाको सिफारीसमा न्युनतम शुल्क छुटको ब्यवस्था मिलाईने छ ।
अल्पकालिन योजनामा नयाँ श्रोत र मुहान पत्ता लगाई यो समितीको कार्यकालमा नयाँ योजना सञ्चालन गरी नियमित धारामा पानी आउने ब्यवस्था मिलाईने योजना रहेको छ।
दिर्घकालिन योजनाकालागी बिज्ञको सल्लाह अनुसन्धानबाट राष्ट्रिय योजनाकोलागी पहल गरीे उपभोत्ताको सहजीकरणकोलागी गुनासो तथा सुझाबकोलागी टोल फ्रि नम्बर उपलब्द गराईने जानकारी दिईएको छ।

ग्रहकबाट दैनिक उठेको महसुललाई दैनिक रुपमै बैक दाखिला गराई सम्पुर्ण कारोवार बैक माध्यमबाट गराई अत्याधुनिक फिल्टरराईजेसन पद्दती जडानगरी उपभोक्ताको धारामा १२ महिनानै शुद्ध पिउने पानीको ब्यवस्था मिलाईने प्रतिबद्धता पत्रमा भनिएको छ।
त्यसैगरी उपभोक्ताको हितलाई सर्वाेपरी ठानी सम्पुर्ण कार्यसम्पादन गर्नेगरी काम गरीने पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरीएको छ।