बर्दिवास खानेपानी निर्वाचनकालागी ऋषि पोखरेलको प्यानललको प्रतिबद्धतापत्र सार्बजनिक

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित बर्दिवास साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाको आगामी फागुण १४ गत्ते हुन गईरहेको निर्वाचनकालागी अध्क्षय पदका उमेदवार चुडा्मणी पोखरेल (ऋषि) को प्यानलले आफ्नो प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ।
बर्दिवासमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर पोखरेल प्यानलले आफ्नो चुनाबी प्रतिबद्धतापत्र सार्बजनिक गरेको हो।
प्यानललको प्रतिबद्धता पत्रमा पोखरेल प्यानल बिजयी भएमा संस्थामा बिगतमा देखिएको आर्थिक अपचलन तथा अनियमिततालाई नियम अनुसार कारवाही गरीने जानकारी दिइएको छ।
बर्दिवास क्षेत्रमा बढदै गईरहेको खानेपानीको मागलाई बिशेष ध्यान दिदै नयाँ खनेपानीको मुहान छनौट गरेर पानीको आवश्यकतालाई परीपुर्ती गर्ने पोखरेल प्यानलले प्रतिबद्धता ब्यक्त गरेको छ। खानेपानीमा हाल भईरहेको पानीको चुहाबटलाई नियन्त्रण र ब्यवस्थित गरीने समेत प्रतिबद्धतापत्रमा उल्लेख गरीएको छ।
संस्थाको खानेपानीको उठन बाँकि रहेको महसुल यथा सिघ्र उठाई संस्थालाई ब्यवस्थित गरीने पोखरेल पक्षको भनाई छ।
खनेपानी संस्थामा लेखा तथा अनुगमन उपसमिती गठनगरी हरेक गतिबिधिलाई पारदर्शी तथा चुस्त बनाईने बताईएको छ।
संस्थाका कार्यरत कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिमको ब्यवस्थागरी क्षमता अनुसारको जिम्मेवारी दिईने सो प्यानलको योजना रहेको छ।
संस्थाको भौतिक तथा प्रशासनिक कामकाज तथा लेखा प्रणालीलाई पारदर्शी बनाईने पत्रमा भनिएकोे छ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हाल रहेको बिधानलाई समय सापेक्ष बनाउन संशोधन गरी कार्यसंचालन गरीने तथा खनेपानी तथा सरसफाईसंग सम्बन्धित उद्योग ,ब्यपार सञ्चालनको योजना तयार गरीने जानकारी दिईएको छ।
हाल सञ्चालनमा आएको खानेपानीको सेवामा पर्याप्त सुबिधा भईसकेपछी बर्दिवास क्षेत्रको अन्य स्थानमा समेत खानेपानीको सेवालाई बिस्तार गरीने योजना बनाईने छ। बर्दिवासको हाल संचालित खनेपानीको सबै पाईपलाईनबाट समान ढंगले पानी बितरण गरीने पोखरेल समुहको योजना छ।
त्यसैगरी बिधान सम्बत ढंगले संस्थाको बाषिक तथा बिशेष साधारण सभा समयमै गरी पारदर्शिता कायम गरेर बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासंग समन्वयगरी संस्था सञ्चालनलाई प्रभाबकारी बनाईने प्रतिबद्धता पत्रमा उल्लेख गरीएको छ।
हाल उपभोग गरीएको खानेपानीको मुहानको समय सापेक्ष सरसफाई तथा संरक्षण गरी अब्यवस्थित खनेपानीको पाईपलाईनलाई ब्यवस्थित गरी नयाँ पाईपलाईको बिस्तार गरीने छ। त्यस्तै पानीको महसुल तिर्न नसक्ने बिपन्न परीवारका उपभोक्तालाई बिशेश प्याकेजको ब्यवस्था गरीने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ।