फागुन २ गते मधेस प्रदेशसभा बैठक बस्ने

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
आगामी फागुन २ गते मधेस प्रदेशको प्रदेशसभा बैठक बोलाईएको छ।
माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।