सर्लाहीमा जिल्ला प्रसाशनले थाल्यो सीमा अनुगमन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
दशगजा क्षेत्रमा कुनै प्रकारको संरचना बनाउन नपाइने भए पनि सर्लाही जिल्ला जोडिएको ५१ किलोमिटर खुला सिमानामा ठाउँ ठाउँमा बस्ती बस्नुका साथै पसल राखेर व्यापार व्यवसाय गर्ने गरिएको पाइएकोले सीमा अनुगमन तीव्र पारिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन थालिएको हो।

अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बलका उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेललगायत रहेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार पूर्वी नाका पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि खुटौनासम्म सीमा क्षेत्रको अनुगमन गरिएको हो।

खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बारा उद्योरण, बलरालगायत नाकाको अनुगमन गर्न बाँकी छ। “नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिल्लरको अवस्था बुझ्न तथा सीमामा भएका अतिक्रमण हटाउन अनुगमन गर्न थालिएको जिल्ला प्रसाशन कार्यालय सर्लाहीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...