आज्ञा खबर
पर्सा
पर्सा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा ९ का ४२ वर्षीय निर्मल पौडेल, सोही स्थानका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का रहेका छन् ।
प्रदेश २–०३–००१ क १९३४ नम्बरको मालवाहक ट्रकमा लुकाई छिपाई ठूलो परिमाणमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका २५ ड्राइपोर्ट चोक अगाडिको सडकमा ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोराभित्र लुकाइ छिपाइ ल्याइएको २३३ बोत्तल प्रतिबन्धित लागु औषध प्रहरीले बरामद गरेको जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले त्रताए। घटनाको बिषयमा थप अनुसन्धान भईरहेको उनले जनाए।