सर्लाहीको बरहथवा नगरपालिका–११ हीरापुरमा बिद्युत सुचारु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको बरहथवा नगरपालिका–११ हीरापुर, ब्यारेज र खोरकट्टी गाउँमा दुई महिनापछि आइतबार रातिबाट बिजुली बत्ती सुचारु भएको छ ।
ग्रामीण विद्युतीकरण अन्तर्गत विश्वेश्वरनाथ सामुदायिक विद्युतसहकारीको नाममा रहेको बिजुलीको १३ लाख २६ हजार ३४ रुपियाँ बक्यौता बरहथवा नगरपालिकाले तिरिदिने कार्यपालिका बैठकबाटै निर्णय गरेपछि प्राधिकरणले आइतबार रातिबाट बत्ती छाडेको हो।

सहकारी संस्थाले बक्यौता रकम बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले गत मङ्सिर २७ गतेदेखि उक्त गाउँमा बत्ती काटेको थियो। प्राधिकरणले लाइन काटेदेखि त्यस वडाको हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा बसिरहेका थिए।
गाउँमा अब ग्रामीण विद्युतीकरणलाई हटाएर सोझै प्राधिकरणमार्फत नै मिटर राख्ने र बिल काट्ने व्यवस्था मिलाइएको छ।
गाउँमा दुई महिनापछि विद्युत् नियमित भएसँगै स्थानीय खुसी भएका छन्। सहकारी संस्थाले बदमासी गर्दा नियमित बिजुलीको महसुल बुझाउने ग्राहकसमेत दुई महिनासम्म अन्धकारमा बस्नुपरेको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...