आज्ञा खबर
धनुषा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको संयोजकत्वमा बसेको बैठकबाट प्रदेश सभाको विषयगत समिति बाँडफाँटमा दलहरुबीच सहमति भएको छ ।
प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक÷एक विषयगत समिति पाउने सहमति भएको हो । प्रदेशसभामा दश दलको प्रतिनिधित्व रहेको छ भने सात वटा पार्टीले प्रादेशिक मान्यता आधारमा संसदीय दलको रुपमा प्रतिनिधित्व गरेका हुन् ।
बैठकबाट संसदीय दलको रुपमा प्रतिनिधित्व गरेका सबै दलले एक÷एक विषयगत समिति पाउने सहमति भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता अभिराम शर्माले जनाएका छन् ।
उनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको जिम्मेवारी पाएको छ । प्रतिपक्षी लोसपाले भागमा महिला बालबालिका तथा सामाजिक न्याय समिति र नेकपा एकीकृत समाजवादीको भागमा प्रदेश मामिला समिति पाउने सहमति भएको हो ।
प्रतिपक्षी दलको यी तीन विषयगत समिति बाहेक सत्ता साझेदार दल भने एउटा÷एउटा समिति पाएको बताइएको छ । संसदमा सबै भन्दा ठूलो दल रहेको नेकपा एमालेले कृषि तथा भूमि व्यवस्थापन समिति पाएका छन् । जसपाले विकास समिति, जनमत पार्टीले अर्थ तथा योजना समिति र माओवादी केन्द्रले प्राकृतिक श्रोत तथा वातावरण समितिको जिम्मेवारी पाएका छन् ।