मधेश प्रदेशका शिक्षा मन्त्री यादवले गरे पदभार ग्रहण

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री बनेका महेश प्रसाद यादवले आज पदभार ग्रहण गरेका छन् ।

जनमत पार्टीबाट मधेस प्रदेश संसदिय दलका नेतासमेत रहेका मन्त्री यादवले आज पदभार ग्रहण गरेका हुन् । शनिबार मन्त्रीको शपथ लिएका उनले आइतबार पदभार ग्रहण गर्दै अगामी ५ वर्षमा मधेसलाई पूर्ण साक्षर घोषणा गर्ने पहिलो निर्णय गरेका हुन् ।