आज्ञा खबर
सर्लाही
सर्लाहीमा शनिबार स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी नगरपालिका–९ बस्ने जुगेश्वर महतोका १८ वर्षीय छोरा दीपेन्द्र महतोको रहेको प्रहरीले जनाएको छ।
मलङ्गवा नगरपालिका–४ मा मलङ्गवाबाट गम्हरीयातर्फ आउँदै गरेको जेसीस अङ्ग्रेजी आवासिय विद्यालयको ना १ क ४९५१ नम्बरको बसले मलङ्गवातर्फ गइरहेको बीआर ०६ पीबी ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको हो दुर्घटनामा मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका– १० बस्ने हृदयनारायण महतोकी १७ वर्षीया छोरी सबनम गुप्ता र जगदिस महतोकी १७ वर्षीया छोरी पूजाकुमारी महतो घाइते भएकी छिन ।
घाईते दुबैजनालार्ई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।





































