महोत्तरीमा हराइरहेकी बालिका पोखरीमा मृत फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीमा शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन्।
जिल्लाको लोहारपट्टी नगरपालिका– ५ डठौरा गाउँबाट हराइरहेकी स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्त अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेल्ले जनकारी दिए। बालिका शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन्। उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन्।

आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो।
मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...