पर्सामा ट्याक्टरले किच्दा एक युवकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्साको सुवर्णपुरबाट जिराभवानी जाँदै गरेको ट्याक्टरबाट खस्दा बीच भागको ठूलो चक्काले किचेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया रहेका छन ।

हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ७ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पु¥याइएको थियो । उपचारको क्रममा चिकित्सकले राति साढे ८ बजे मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्रहरीले ट्याक्टर सहित चालक जिराभवानी गाउँपालिकामै बस्ने ४२ वर्षका भोला यादवलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।