किशोरीलाई सामूहिक बलत्कार गर्ने एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहा नगरपालिका – २२ की १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।

बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फरार भएका छन। केही दिनअघि उनीहरुले किशोरीको घरमै गएर जबरजस्ती करणी गरेका थिए।

करणीपछि फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए।

किशोरीका अभिभावकले दुवै युवकविरुद्ध किटानी जाहेरी दिएका छन्। फरार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ।”