आज्ञा खबर
धनुषा
नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गगरेका छन।
मन्त्री यादवलाई मन्त्रालयका प्रदेश सचिव कृष्णकुमार मिश्रले पदभार ग्रहण गराएका हुँन।
पदभार ग्रहणका क्रममा यादवले सेवाग्राहीको सहजताका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेश मातहतका सबै यातायात कार्यालयमा आइतबारदेखि टोकण प्रणाली लागू गर्ने पहिलो निर्णय गरिएको बताए।
उनले मन्त्रालयका मातहतका प्रमुखहरुलाई कार्यालयबाट प्रवाह गरिने सेवालाई चुस्त दुरुस्त बनाउन निर्देशन समेत दिए ।