मधेश प्रदेशको तिन मन्त्रालयकोे जिम्मेवारी बाड्फाड्मा सहमती

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशको तिन मन्त्रालयकोे जिम्मेवारी बाड्फाड्मा सहमती भएको छ । गत पुस २९ गते मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीकोबाट सञ्जयकुमार यादव र जनमत पार्टीबाट वसन्त कुश्वाहाले विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।

मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेर प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिको लागि पठाइएको जानकारी दिए ।

प्रदेश प्रमुख काठमाडौँमा भएकाले उनि आएपछि नव नियुक्त मन्त्रिहरुलाई मन्त्रालयको जिम्मा दिईने बताईएको छ । तर कसलाई कुन मन्त्रालयको जिम्मेवारी तोकिएको हो मुख्यमन्त्रीले खुलाएका छैनन।

यता, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिने बिषयमा सहमति भइसकेको जानकारी दिए।

उनले अर्थमन्त्रीमा जसपाका सञ्जयकुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्रीमा एमालेका सरोजकुमार यादव र सामाजिक विकासमन्त्रीमा जनमतका वसन्त कुशवाहकलाई नियुक्तिको लागि प्रदेश प्रमुखको कार्यालयमा पत्राचार भएको बताए।