नगरवासीको गुनासो चाँडै अन्त्य हुने क्षेत्रीको भनाई

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले नगगर क्षेत्र भित्रका सबै कामकाज ८ महिनादेखी रोकिएकाले अब चाँडै सुचारु हुँने बताएका छन ।
महोत्तरीको बर्दिवासमा आयोजित होटल तथा पर्यटन ब्यवसायी संघ महेत्तरी र संस्कृति तथा पर्यटन प्रबर्धन समिती बर्दिवासले आयोजना गरेको बर्दिवास नगरपालिकाको नव प्रमुख प्रसासकीय अधिकृतलाई स्वागत गर्ने कार्यक्रमा उनले सो कुरा बताएका हुँन । प्रमुख क्षेत्रीले नगरवासीको काम नभएको गुनासो अब चाँडै अन्त्य हुने बताए । नगरपालिकाका नव प्रमुख प्रसासकीय अधिकृत किरणनिधि तिवारीले बर्दिवास नगरपालिकामा बिगतका भन्दा फरक काम गर्ने प्रतिबद्धता जनाए।
उनले चुस्त, सरल तथा पारदर्शी किसिमले कामगर्ने र त्यसको प्रत्याभुती सम्पुर्ण बर्दिवास नगरवासीले गर्ने बताए। तिवारीले नगरभित्रका जनप्रतिनिधिसंग काँधमा काँँध र हातमा हात मिलाएर कागर्ने प्रतिबद्धता जनाए।