सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका ९ बस्ने ३४ वर्षीय जोगी राय यादव भएको प्रहरीले जनाएको छ ।

हरिपूर्वा १ स्थित भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका थिए ।

उनलाई जनकपुरधाममा सामान्य उपचार गरेपछी थप उपचारका लागि काठमाडौ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको बताईएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...