सिरहामा पोखरीमा डुबेर युवक वेपत्ता

[sharethis-inline-buttons]

सिरहा । सिरहास्थित एक पोखरीमा माछा मार्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन् । नरहा गाउँपालिका ३ लभटोलका २३ वर्षीय गणेश सदा पोखरीमा डुबेर बेपत्ता भएका हुन् । मलामी गएर फर्किने क्रममा बाटोमै रहेको पोखरीमा माछा तैरिरहेको देखेर पकड्न गएका उनी एक्कासि डुबेका थिए । उनी पोखरीमा डुबेर वेपत्ता भएको पूर्व वडाअध्यक्ष समेत रहेका स्थानीय अनिशुल मियाँले जानकारी दिए ।

उनी गाउँमा मृत्यु भएकी एक महिलाको दाहसंस्कार गरेर फर्किने क्रममा पोखरीमा डुबेका थिए । उनले डुबलगत्तै पौडेर उत्रिने प्रयास गरेपनि त्यो असम्भव भएको मियाले बताए ।  अहिले उनको नेपाली सेनाले खोजीकार्य थालेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...