जसपा संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम, मधेश प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेतामा निवर्तमान सभामुख सरोज कुमार यादव सर्वसम्मत हुनु भएको छ ।

मधेश प्रदेश सभामा १६ सिट सहित तेस्रो ठूलो दलको रुपमा रहेको पार्टीमा संसदीय दलका नेताका लागि बिहान वर्तमान मुख्यमन्त्री लालबाबु राउत तथा निवर्तमान सभामुख सरोज कुमार यादवले मनोनयन पत्र दर्ता गरेपनि मुख्यमन्त्री राउतले मनोनयन पत्र फिर्ता लिएर यादवलाई नै समर्थन गरेपछि संसदीय दलमा यादव सर्वसम्मत हुनु भएको छ ।

यस अघि संसदीय दलका लागि चार जनाको चर्चा चलेपनि दुई जनाले उम्मेदवारी नै दिएका थिएन ।

संसदीय दलका नेतामा मनोनयन पत्र दर्ता गर्नका लागि एक जना समर्थक र एक जना प्रस्तावक आवश्यक रहेको छ ।

तीन जना छाडेर अधिकांश प्रदेश सभाका सदस्यहरु यादवको पक्षमा देखिएका कारणले अन्तिम समयमा आएर मुख्यमन्त्री राउतले मनोनयन पत्र फिर्ता लिएपछि सरोज कुमार यादव सर्वसम्मत हुनु भएको छ ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी वा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने सात दलको बीचमा सहमति हुने सम्भावना रहेकाले जनता समाजवादी पार्टीको संसदीय दलका नेताका लागि निक्कै रस्साकस्सी भएको थियो ।

मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमालेले २३ सिट, नेपाली काँग्रेसको २२, जसपाको १६, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ९, नेकपा एकीकृत समाजवादी पार्टीको ७, स्वतन्त्र ५, राप्रपा १, नेपाल संघीय समाजवादी पार्टीको १ र नागरिक उन्मुक्ति पार्टीको १ सिट रहेको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...