जसपा मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशका निवर्तमान सभामुख सरोजकुमार यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामासर्वसम्मत चयन भएका छन् । संसदीय दलको नेता चुनिए संगै यादव मधेश प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि संसदीय दलको नेतामा आफ्नो उम्मेदवार दिएका भएपनी अन्तिम समयमा सहमति भएपछि यादव संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।

मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरू बीच भएको छ। यो सहमति अनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...