चिसो बढेपछि तराईको जनजीवन कष्टकर

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि महोत्तरी लगायत तराईको जनजीवन कष्टकर बनेको छ ।
महोत्तरीको मुख्य बजार बर्दिवास ,गौशला ,रामगोपालपुर जलेश्वर लगायतका स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा मानिसको चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् ।

बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएकाले ‘चिसोले घरबाहिर निस्किन नसकिएको स्थानियहरु बताउ छन
चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएकोले आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब दलित असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।