औरहीको एक पसलमा आगलागी हुँदा लाखौंको क्षति

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको औरही ७ सोनामाई भोईल चोकको एक पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ।

औरही नगरपालिका ७ सोनामाई भोईल चौकमा स्थानिय दिपेन्द्र साहले संचालन गर्दै आएको महालक्ष्मी इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा आगलागी भएको महोत्तरी प्रहरीले जनाएको छ ।
आगलागीबाट मोटरसाईकलका पार्टपुर्जा, एस्पेयर पार्ट लगायत ग्यास चुलाहामा प्रयोग हुने रेगुलेटर प्याइप समेत जलेर नस्ट भएका छन् । ग्यारेज संचालक साहका अनुसार आग्लागीबाट करिब ८ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरीएको छ । साहका अनुसार पसल आफुले बन्द गरेर घर गएको समयमा आगलागि भएको हो । आगलागि पछी स्थानीयहरुले सञ्चालकलाई खबर गरेका थिए।

साहका अनुसार पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीलाई प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।