मधेश प्रदेशमा संसदीय दलका नेता चुन्न पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आउदै

आज्ञा खबर

जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेशमा बिहीवार संसदीय दलका नेता चुन्न पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आउने भएका छन् ।

उनी जनकपुरधाम पुगेपछि संसदीय दलका नेता सर्वसम्मतले चुन्ने प्रयास गर्ने छन् तर, सर्वसम्मत नभए शुक्रवार निर्वाचन हुने भएको छ । केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र लगायतको छलफलमा मधेश प्रदेशको नेतृत्व जसपालाई दिने सहमति भएको छ । जसपामा संसदीय दलका नेता बनने मुख्यमन्त्री हुनेभपछि यहाँ संसदीय दलका नेतामा दाबी गर्नेहरुको संख्या बढी छ । हुनत यहाँ पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ जसपामा संसदीय दलका नेताका लागि सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत र रामअशिष यादव प्रतिस्पर्धामा छन् । तर, सभामुख यादवको सम्भावना बढी देखिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...