सगरमाथा साझा यातायातमा शम्भु

आज्ञा खबर

यातायात व्यवसायीको पेशागत हकहीत तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठन भएको सगरमाथा साझा नेपाल यातायात प्रालिको प्रथम साधारण सभाले नयाँ कार्य समिती चयन गरेको छ । सोमवार संस्थाको कार्यालय परिसरमा आयोजित प्रथम साधारण सभाले शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समितीको चयन गरेको छ ।

नव गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् । यस्तै सदस्यहरुमा अशोक साह, अशोक यादव, सत्य नारायण महतो चुनिएका छन् । सम्पन्न पहिलो बैठकले सवारी साधानलाई व्यवस्थित ढंगले संचालन तथा यातायात व्यवसायीको हक हितका लागी विभिन्न ३ बुंदे निर्णय गर्नूका साथै कार्य समितीको रिक्त रहेको सदस्य पदमा अर्जुन कुमार गौतमलाई मनोनित गरेको सो प्रालिले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...